सम्पत्ति बीमामा अस्वस्थ प्रतिस्पर्धा भइरहेको गुनासो, इमानदार भई काम गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमकले आधुनिक नयाँ नयाँ प्रविधिमा लगानी बढाउन आवश्यक रहेको बताए ।
नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
बीमा कम्पनीहरूले नविनतम् प्रविधिमा लगानी बढाउन केन्द्रित हुनुपर्नेमा जोड दिए । अध्यक्ष सिलवाले बीमा कम्पनीहरु कार्यक्षेत्र विस्तार गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताए । कम्पनीहरुलाई इमानदार भएर काम गर्न निर्देशन दिए । ‘बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुप¥यो, स्थानीय बीमा सर्भेयरलाई काम दिनुप¥यो, घटना जहाँ हुन्छ त्यहाँ नै कारवाही हुने र त्यसमा जोखिमाङ्कन गर्ने व्यक्ति र कार्यालय प्रमुख जिम्मेवार हुने भएकाले इमान्दारीपूर्वक काम गर्नुप¥यो’, उनले भने ।
कार्यक्रममा सहभागीहरूले जुन प्रदेशमा उद्योग व्यवसाय छन् तिनको त्यही प्रदेशका बीमा कम्पनीबाट नै बीमा गराउनुपर्ने व्यवस्था हुनुपर्ने बताए थिए । उनीहरुले केन्द्रमा मात्र नभई प्रदेशमा पनि तालिम आयोजना आवश्यक रहेको बताए । प्रदेश तथा शाखा कार्यालयमा पर्याप्त कर्मचारीको व्यवस्था गर्नुपर्ने लगायतका धारणा उनीहरुले व्यक्त गरेका थिए ।
लघुबीमा कम्पनीले गर्ने बीमा पनि ठूला बीमा कम्पनीहरूले गर्ने गरेको गुनासो राखेका थिए । यता, सम्पत्ति बीमामा अस्वस्थ प्रतिस्पर्धा भइरहेको उनीहरुको तर्क थियो । सर्वसाधारणलाई बीमाका बारेमा बुझाउन नसकिएको स्वीकार गरेका थिए ।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले दिएका थिए । कार्यक्रममा मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।