देशैभर अभिकर्ता तालिम सञ्चालन गर्दै लिबर्टी माइक्रो लाइफ, कसरी सहभागी हुने ? « Arthapath.com
६ आश्विन २०८१, आईतवार

देशैभर अभिकर्ता तालिम सञ्चालन गर्दै लिबर्टी माइक्रो लाइफ, कसरी सहभागी हुने ?



काठमाडौं । नेपाल सरकार तथा नेपाल बीमा प्राधिकरणको लक्ष्य अनुरुप दक्ष जनशक्ति परिचालन गर्दै नेपालको लघु बीमा क्षेत्रमा उदाहरणीय कार्य गर्दै अघि बढिरहेको नाम हो, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स ।

देशको विकट तथा दूर दराज स्थानमा आफ्ना लघु जीवन बीमा योजनाहरुको बिक्रि वितरण तथा सेवा दिँदै लघु जीवन बीमा सम्बन्धि जन चेतना बढाउदै न्यून आय रहेका व्यक्तिहरुको दिगो आर्थिक उन्नति सुनिश्चित गर्ने उद्देश्यले देशका विभिन्न ठाँउमा पुगी लघु जीवन बीमाको माध्यमबाट लक्षित वर्ग समुदायको भविष्य सुनिश्चित पार्ने कार्यमा कम्पनी लागिपरेको छ ।

कम्पनीले डिजिटल माध्यमहरुको उपयोगद्वारा कम्पनीको बीमा योजनाहरु छिटो, सहज तथा सरल ढंगले वितरण गर्दै आइरहेको छ । कम्पनीले आफ्नो ग्राहकहरुको आवश्यकता अनुसार नविनतम बीमा योजनाहरु बजारमा ल्याई सो बीमा योजना मार्फत व्यक्तिगत तथा सामुहिक स्तरमा बीमा सेवा दिने प्रयासमा निरन्तर लागेको छ ।

हालै वीरगञ्ज, लमजुंग, कुश्मा, तनहुँ, गैंडाकोट, रुपन्देही, धनगढी, नेपालगंज, विराटनगर, लमही, दाङ लगायत देशका विभिन्न ठाउँहरुमा जीवन बीमा सचेतना तथा अभिकर्ता तालिम कार्यक्रमहरु सक्रिय रुपमा अघि बढाउँदै गाउँ गाउँ घर घरमा बीमा पहुँच पुर्याउन लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स अघि बढीरहेको छ ।

यसै सन्दर्भमा यस कम्पनीले लघु जीवन बीमा अभिकर्ताको पेसामा आबद्ध हुन इच्छुक व्यक्तिहरुका लागि हाल देशैभरि तालिमहरु सञ्चालन गर्दैछ । तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुले तल दिइएको नम्बरमा सिधै सम्पर्क गरि वा तल दिइएको गुगल फारम भरि आफ्नो सिट सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ ।

गुगल फारम भर्न यहाँ क्लिक गर्नुहोस्: https://docs.google.com/forms/d/e/1FAIpQLSeTmtqbVAKvgwkFSJQdcpFPAUlANUBj8f2XvFTi-yMfIiFxpQ/viewform


प्रतिक्रिया दिनुहोस्