बिमाले गरिबीको दर घटाउछ : पुर्व कार्यकारी निर्देशक पौडेल
काठमाडौं । नेपाल बिमा प्राधिकरणका पुर्व कार्यकारी निर्देशनक राजु रमण पौडेलले जिबन बिमाले गरिबिको दर घटाउने बताए ।
सन नेपाल लाइफको ७ औं वार्षिकोत्सबको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन ।
उनले भने,’जिबन बिमाले गरिबी दर घटाउन मद्दत गर्छ । गरिब विपन्न नागरिकमा बिमाको आवस्यकता हुन्छ । बिमा गर्यो भने झन गरिब हुन बाट बचाउछ ।’
बिमाको बजारलाई थप फराकिलो बनाउन आवश्यक रहेको पौडेलले बताए । बिमा साक्षरताका अभिकर्ताको भुमिका उत्तिकै महत्त्वपूर्ण हुने भएकाले ग्रामीण स्तरमा पहुँच पुग्ने गरि लाग्नुपर्ने बताए ।
आगामी दिनमा बिमा क्षेत्रमा सन नेपाल लाइफले फड्को मार्ने बताए । कम्पनीले नाफा लगायतका वित्तीय सुचकमा उल्लेख्य प्रगति हासिल गर्दै आएको छ । अब कम्पनीले आफुलाइ अब्बल बनाउन आगामी १० वर्षमा के के गर्ने भन्ने रणनीति सहित अघि बढ्नु पर्छ । कम्पनीले ठुलो फड्को मार्ने छ भन्ने अपेक्षा छ ।’
सन नेपाल लाइफ र समग्र जीवन बिमा कम्पनीले सामाजिक उत्तरादायी काम पनि गर्दै आएको उनले बताए ।