गण्डकी प्रदेशका अभिकर्ताहरुलाई नेशनल लाईफको भव्य सम्मान
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखराको होटल ल्याण्डमार्कमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८०-८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जना भन्दा बढी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको शुभारम्भमा कम्पनीका सीइओ सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलनगरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने सो प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।
गण्डकी प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरिएको थियो । सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीका सीइओ केसीले बताए ।
उनका अनुसार कम्पनीको योजना अनुरुप मधेश प्रदेशपछि गण्डकी प्रदेशमा सम्मान कार्यक्रम राखिएको जानकारी गराए । उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको जानकारी गराए