एलआइसी नेपालले पायो हकप्रद सेयर निष्कासनको अनुमति
काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ८८.४५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
बोर्डले कम्पनीलाई १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्न अनुमति दिएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि ५ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।