बाढी पहिरो कहर : बीमा कम्पनीमा साढे दुई अर्ब बढीको दावी पेश, ७ अर्ब बराबरको भार पर्ने अनुमान
काठमाडौं । बाढी पहिरोले क्षतिबाट ७ अर्ब बढीको दावी पर्ने प्रारम्भिक अनुमान गरिएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो ।
अघिल्लो साता अर्थात् असोज ११ गते र १२ गतेसम्म देशका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले पुर्याएको क्षति बापत ७ अर्ब २८ करोड ८५ लाख १९ हजार रुपैयाँ बढीको दावी पर्ने अनुमान गरिएको छ ।
१४ वटा ठुला र चार वटा लघु निर्जीवन बीमा कम्पनीहरुमो सो बराबरको दावी पेश भएको हो । लगातरको वर्षाले ठुला ठुला जलविद्युत परियोजना, सवारी साधन, पसल लगायतमा ठुलो क्षति भएको छ । बीमा गरेका ती आयोजना तथा संरचनाहरुको कुल २ हजार ३३७ वटा दावी पर्ने अनुमान गरिएको छ ।
हालसम्म ती कम्पनीहरुमा २ अर्ब ६७ करोड ७२ लाख ९४ हजार रुपैयाँ बराबरको दावी परेको छ । यो संख्यामा भने ७०९ वटा रहेको छ । हालसम्म दि. ओरियण्टल इन्स्योरेन्समा कुल १ अर्ब ४४ करोड १० लाख ६५ हजार रुपैयाँ बराबरको १४७ वटा दावी परेको छ । यस्तै, एनएलजी इन्स्योरेन्समा पनि १२ करोड ६ लाख २० हजार रुपैयाँ बराबरको ६० वटा दावी परेको छ ।
यता, युनाईटेड अजोड इन्स्योरेन्समा भने ७ करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको १७० वटा, प्रभु इन्स्योरेन्समा ४ करोड १७ लाख १६ हजार रुपैयाँ बराबरको ८३ वटा, राष्ट्रिय बीमा कम्पनीमा ९ करोड ६० लाख रुपैयाँ बराबरको १२ वटा दावी परेको छ ।
यस्तै, स्टार माइक्रो इन्स्योरेन्समा पनि ३३ लाख ७५ हजार रुपैयाँ बराबरको ७ वटा, ट्रस्ट माइक्रोमा १५ लाख २० हजार बराबरको ४ वटा, प्रोटेक्टिभ माइक्रोमा १ लाख ३० हजार रुपैयाँ बराबरको ३ वटा दावी परेको छ ।
प्रारम्भिक अनुमानअनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब ८१ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको ३१९ वटा, हिमालयन एभरेष्टमा १ अर्ब १७ करोड ४१ लाख ५५ लाख रुपैयाँ बराबरको २१६ वटा, नेकोमा ८९ करोड ८४ लाख २७ हजार बराबरको २२३ वटा दावी पेश परेको छ ।
यता, शिखर इन्स्योरेन्समा ४६ करोड ५८ लाख ५१ हजार रुपैयाँ बराबरको ३२२ वटा, नेशनलमा २३ करोड ६६ लाख १३ हजार रुपैयाँ बराबरको २५ वटा, आइजीआई प्रुडेन्सियलमा २० करोड ६४ लाख ४० हजार रुपैयाँ बराबरको २४८ वटा, नेपाल इन्स्योरेन्समा १५ करोड २४ लाख ९६ हजार रुपैयाँ बराबरको १२८ वटा दावी पेश भएको छ ।
यता, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) मा ६३ करोड रुपैयाँ बराबरको २९१ वटा, सानिमा जिआईसीमा २ करोड ८६ लाख ९५ हजार रुपैयाँ बराबरको ८८ वटा दावी पेश भएका छन् ।