मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमार्फत बाढी र पहिरो पीडितहरूलाई सहयोग « Arthapath.com
२२ आश्विन २०८१, मंगलवार

मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमार्फत बाढी र पहिरो पीडितहरूलाई सहयोग



काठमाडौं । असोज १० देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो र व्यापक डुबानका कारण मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँको सहयोग गरेको छ । भारी वर्षाले देशभरि ठूलो क्षति पुर्याएको छ, धेरै परिवारहरू विस्थापित भएका छन् ।

यस्तो अवस्थामा तत्काल प्रभावित क्षेत्रहरुमा सहायताको आवश्यकता महसुस गर्दै कम्पनीले सहयोग उपलब्ध गराएको हो ।

यस योगदानले देशको बृहत् पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी र पहिरोबाट प्रभावितहरूको तत्काल आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

बागमती र नख्खु नदीले घेरिएको काठमाडौं नजिकका क्षेत्र लगायत नेपालका पूर्वी र दक्षिणपूर्वी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्, जसमा २०० भन्दा बढीको मृत्यु भएको छ, १५८ घाइते भएका छन् र २८ जना बेपत्ता भएका छन् । राजमार्गहरू, जलविद्युत स्टेशनहरू र सडकहरूसहित प्रमुख पूर्वाधारहरूमा विनाशहरू भएका थिए । जसका कारण १३ हजारभन्दा बढी मानिसहरूलाई उद्धारको आवश्यकता परेको थियो ।

मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मल काजी श्रेष्ठले भनेः अहिले हाम्रो ध्यान यस विपद् पछि संघर्ष गरिरहेका मानिसहरूलाई मद्दत गर्ने कुरामा छ । हामी आशा गर्छौं कि राहत कोषमा हाम्रो योगदानले जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ उनीहरूलाई केही सान्त्वना र समर्थन गर्दै राहत र पुनःस्थापना प्रक्रियामा मद्दत गर्नेछ ।’


प्रतिक्रिया दिनुहोस्