मध्य मेवा र सेवा खोला हाइड्रोपावर परियोजनामा नेपाल लाइफले ५० करोड लगानी गर्ने « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

मध्य मेवा र सेवा खोला हाइड्रोपावर परियोजनामा नेपाल लाइफले ५० करोड लगानी गर्ने



काठमाडौं । नेपाल लाइफले मेवा डेभेलपर्स लिमिटेडमा लगानी गर्ने भएको छ ।

मेवा डेभेलपर्समा कम्पनीले ५० करोड रुपैयाँ लगानी गर्ने भएको हो । सो बराबरको लगानी गर्नका लागि नेपाल बीमा प्राधिकरणले पनि कम्पनीलाई स्वीकृति प्रदान गरेको छ।

मेवा डेभेलपर्स अन्तर्गतका मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजनामा लगानी गर्न सम्झौता भएको हो । नेपाल लाइफले प्रतिकित्ता १०० रुपैयाँ हुनेगरि ५० लाख कित्ताका लागि ५० करोड रुपैयाँ लगानी गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्