बाडीपीडितको लागी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा ५१ लाख सहयोग
काठमाडौँ । प्रिमियर इन्स्योरेन्सले विगतमा आएको बढिपहिरो पीडितको लागी राहात स्वरुप ५१ लाख सहयोग रकम उपलब्ध गराएको छ ।
नेपालको पूर्वी र मध्य भागमा परेको अविरल वर्षाको कारण आएको बाढी पहिरोले ठुलो मात्रामा जनधनको क्षति भएको र यस विषम परिस्थितिमा प्रभावित जनसमुदायलाई सहयोग गर्न कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्गार कोषमा आर्थिक सहयोग स्वरूप ५१ लाख प्रदान गरेको छ ।
प्रधानमन्त्री कार्यालयमा सम्पन्न एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले ५१ लाखको चेक हस्तान्तरण गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगको लागि इन्स्योरेन्सको सञ्चालक समिति तथा व्यवस्थापकलाई सहयोगको लागी धन्यवाद दिए । समारोहमा इन्स्योरेन्सका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदारको उपस्थिति रहेको थियो ।