आइएमई लाइफमा रोजगारीको अवसर, पाँच वटा प्रदेशका लागि कर्मचारी माग
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा पाँच प्रदेशका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले ब्रान्च म्यानेजर र सहायक ब्रान्च म्यानेजर पदका लागि कर्मचारी मागेको छ । कम्पनीले लुम्बिनी प्रदेश अन्तर्गतका तुल्सीपूर, गुल्मी, लामही र सम्शेरगंजमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
बागमति प्रदेशको सिन्धुली शाखाका लागि केही, सुदुरपश्चिम प्रदेशका सुखड र वैतडी शाखाका लागि कर्मचारी माग गरेको हो ।
यता, गण्डकी प्रदेशको गलकोट र गैंडाकोटका लागि र कोशी प्रदेशमा सोलुखुम्बुको लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि ईच्छुक तथा योग्यता पुगेकाले कात्तिक २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।