बाढी पहिरो कहर : बीमा कम्पनीहरुले दिए कुल दावीको ३.१८ प्रतिशत मात्रै भुक्तानी, ७ वटाको शून्य ! « Arthapath.com
९ कार्तिक २०८१, शुक्रबार

बाढी पहिरो कहर : बीमा कम्पनीहरुले दिए कुल दावीको ३.१८ प्रतिशत मात्रै भुक्तानी, ७ वटाको शून्य !



काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म आएको बाढी तथा पहिरो पुर्याएको क्षति बापत परेको बीमा दावीमा हालसम्म ३० करोड बढी मात्रै भुक्तानी गरिएको छ ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको गत मंगलबार (कात्तिक ६ गते) सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । अविरल वर्षका कारण क्षतिबाट कुल ९ अर्ब ५४ करोड ६१ लाख ८२ हजार रुपैयाँ बराबरको दावी परेको थियो । १४ वटा ठुला र चार वटा लघु निर्जीवन बीमा कम्पनीहरुमो सो बराबरको दावी पेश भएको हो ।

लगातरको वर्षाले ठुला ठुला जलविद्युत परियोजना, सवारी साधन, पसल लगायतमा ठुलो क्षति भएको छ । बीमा गरेका ती आयोजना तथा संरचनाहरुको कुल ३ हजार ३०६ वटा दावी पेश भएको प्राधिकरणले जनाएको छ । तर, हालसम्म भने ३० करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको भुक्तानी भएको छ । कम्पनीहरुले २६१ वटा दावीको मात्रै भुक्तानी दिएका छन् । कुल दावी पेशको ३.१८ प्रतिशत मात्रै भुक्तानी भएको आँकडाले देखाउँछ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

हालसम्म दिएको भुक्तानी मध्ये झन्डै ७१ प्रतिशत भने शिखर इन्स्योरेन्स कम्पनी एक्लैले दिएको छ । सो अवधिमा शिखरले १५९ वटा दावी संख्यामा २१ करोड ५० लाख ४२ हजार रुपैयाँ भुक्तानी दिएको हो । कम्पनीमा बाढी पहिरोबाट क्षति पुर्याएका ४२७ वटा दावी पेश भएको थियो । प्राधिकरणका अनुसार कम्पनीमा कुल ९८ करोड ८१ लाख ४७ हजार रुपैयाँ बराबरको दावी परेको थियो ।

यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि ४ करोड १७ लाख ८१ हजार रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीले ३३ वटा दावीमा भुक्तानी दिएको हो । यता, हिमालयन एभरेष्टले १ करोड ५५ लाख ३३ हजार, सानिमा जिआइसीले १ करोड ३२ लाख १६ हजार, सगरमाथा लुम्बिनीले १ करोड १९ लाख ५४ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेका छन् ।

त्यसैगरि आइजीआई प्रुडेन्सियलले ३२ लाख ४ हजार, नेशनलले २२ लाख ५३ हजार, ओरियण्टलले ३ करोड ९४ लाख, नेकोले २ लाख १९ हजार, युनाईटेड असोडले ४२ हजार, प्रभुले ११ हजार रुपैयाँ दावी भुक्तानी गरको हो ।

प्राधिकरणका अनुसार बागमती प्रदेशमा २१ करोड १७ लाख ४७ हजार रुपैयाँ, कोशीमा ७६ लाख २० हजार, मधेशमा २१ लाख ९२ हजार, लुम्बिनीमा २० लाख ८५ हजार र सुदुरपश्चिममा ९ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिइएको हो ।

स्रोतः नेपाल बीमा प्राधिकरण

चार लघु निर्जीवन सहित ७ कम्पनीले दिएनन् अझै दावी

प्राधिकरणका अनुसार आधा दर्जन कम्पनीहरुले भने अझै दावी भुक्तानी दिएका छैनन् । चार वटा लघु निर्जीवन बीमक र ३ वटा ठुला निर्जीवन बीमा कम्पनीले भुक्तानी नदिएका हुन् ।

प्राधिकरणका अनुसार एनएलजी, नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, स्टार माइक्रो, ट्रस्ट, नेपाल र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले भुक्तानी दिएका छैनन् ।

एनएलजीमा कुल ४६ करोड ५० लाख ५ हजार रुपैयाँ बराबरको दावी परेको छ । यो संख्यामा भने १७० वटा देखिएका छन् । यस्तै, नेपाल इन्स्योरेन्समा ३६ करोढड २३ लाख ३२ हजार, राष्ट्रिय बीमा कम्पनीमा २० करोड ६७ लाख रुपैयाँ बराबरको दावी परेको छ ।

यता, लघु निर्जीवन बीमा कम्पनीमा भने कुल ६१ लाख २५ हजार रुपैयाँ बराबरको दावी परेको छ। तर, हालसम्म कुनै पनि लघु निर्जीवन बीमकले भुक्तानी दिएको देखिदैन ।

प्राधिकरणको आँकडा अनुसार स्टार माइक्रोमा ३५ लाख १५ हजार, ट्रस्टमा १५ लाख २० हजार, नेपाल माइक्रोमा ८ लाख ५० हजार र प्रोटेक्टिभमा २ लाख ४० हजार रुपैयाँ बराबरको दावी पेश भएका छन् ।


प्रतिक्रिया दिनुहोस्