अपरच्युनिटि फन्ड–१ मा नेपाल लाइफले साढे ३८ लाख लगानी गर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स नेपाल अपरच्युनिटि फन्ड–१ मा लगानी गर्ने भएको छ । कम्पनीले आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडको व्यवस्थापनमा संचालित सो फन्डमा साढे ३८ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।
लगानी गर्नका लािग सो कम्पनीसँग सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल लाइफले सो फन्डमा १ हजार रुप्ैयाँ प्रतिइकाईका दरले ३८ करोड ५० लाख रुपैयाँ बराबरको (३८ लाख ५० लाख कित्ता) लगानी गर्नेछ ।

















