लघु जीवन बीमा कम्पनीहरुको व्यवसाय कस्तो चल्दैछ ?
काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुले तीन महिनामा २२ करोड बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा तीन वटा लघु जीवन बीमा कम्पनीहरुले २२ करोड १३ लाख ५४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।
कम्पनीहरुमा हाल ४ लाख ३० हजार ४५० वटा बीमाले सक्रिय छन् ।
समिक्षा अवधिमा कम्पनीहरुले नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क १२ करोड १८ लाख ३६ हजार रुपैयाँ, वैदेशिक रोजगार बीमा मार्फत ९ करोड ९० लाख र नविकरण मार्फत ४ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । असोजमा मात्रै कम्पनीहरुले ८ करोड ३७ लाख ७० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
समिक्षा अवधिमा गार्डियन माइक्रो लाइफले ८ करोड ७१ लाख ४६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीमा २ लाख ९९ हजार ४५७ वटा बीमालेख सक्रिय छन् ।
यस्तै, क्रेष्ट माइक्रो लाइफले ७ करोड ९७ लाख ५३ हजार रुपैयाँ र लिवर्टी माइक्रो लाइफले ५ करोड ४४ लाख ५४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
कुन कम्पनीको कति ?