नेपाल लाइफले किन्यो हेटौडामा झन्डै १८ करोडको ६० धुर जग्गा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ६० धुर जग्गा खरिद गरेको छ । कम्पनीले आफ्ना व्यवसायिक प्रयोजनका लागि मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका– ४ मा जग्गा खरिद गरेको हो ।
कम्पनीले कम्पनीको व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि गत कार्तिक १४ गते जग्गा खरिद गरेको कम्पनीले जनाएको छ ।
हेटौडा उपमहानगरपालिका–४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहेको कित्ता नं. १०४६७, १५८८७, १५८८८, १०४६९ र १०४६६ को भवन सहितको ६० धुर क्षेत्रफल जग्गा खरिद गरिएको कम्पनीले जनाएको छ ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त स्वीकृति बमोजिम सो जग्गा खरिद गरेको हो । रजिष्ट्रेशन शुल्क ७९ लाख ५१ हजार ५०० सहित १७ करोड ८९ लाख ५१ हजार ५०० रुपैयाँमा जग्गा खरिद गरिएको छ ।