शिखर इन्स्योरेन्सले कमायो साढे ११ करोड नाफा, कस्ता छन् मुख्य सूचक ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

शिखर इन्स्योरेन्सले कमायो साढे ११ करोड नाफा, कस्ता छन् मुख्य सूचक ?



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले साढे ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको तीन महिनामै कम्पनीले ११ करोड ५२ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सो अवधिको तुलनामा भने सामान्य अर्थात् २.५१ प्रतिशत मात्रै बढी हो । गत आवको पहिलो त्रैमासमा पनि कम्पनीले ११ करोड २४ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १.५७ प्रतिशत मात्रे बढेर २८ करोड २२ लाख ५३ हजार रुपैयाँ कायम भएको छ । यस्तै, सो अवधिमा कम्पनीको खुद दावी भुक्तानी १९ करोड ९० लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको कुल आम्दानी भने १.८८ प्रतिशत घटेर ५५ करोड १७ लाख ४० हजार रुपैयाँ कायम भएको छ । यता, खर्च पनि ३.१७ प्रतिशत घटेर ३९ करोड ३८ लाख ८३ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानीमा भने सामान्य सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा १६.९४ रुपैयाँ रहेको इपिएस चाल आवको सोही अवधिमा १७.३६ रुपैयाँ कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने २०९.६२ रुपैयाँ छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपेयाँ छ । कम्पनीले विशेष जगेडा कोषमा १ अर्ब ७६ करोड ३७ लाख र महाविपत्ति कोषमा १४ करोड ५७ लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्