हिमालयन रिइन्स्योरेन्सको सन्तुलित वित्तीय रिपोर्ट, नाफा र व्यापार ग्रोथ दोहोरो अंकमा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

हिमालयन रिइन्स्योरेन्सको सन्तुलित वित्तीय रिपोर्ट, नाफा र व्यापार ग्रोथ दोहोरो अंकमा



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको नाफा २९ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले साढे २२ करोड रुपैयाँ नाफा कमाएको हो ।

गत आवको पहिलो त्रैमासमा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, चालु आवको सो अवधिमा भने २९.२२ प्रतिशत बढेर २२ करोड ६३ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि दोहोरो अंक (१०.९५ प्रतिशत) बढेर ९२ करोड ४४ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

सो अवधिमा कम्पनीले ३९ करोड ७२ लाख रुपैयाँ खुद दावी भुक्तानी दिएको छ । समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी २२.८० प्रतिशत बढेर १ अर्ब २४ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १५.६० प्रतिशत बढेर ८८ करोड ७१ लाख पुगेको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी ८.७१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५८.९.१६ रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड छ ।


प्रतिक्रिया दिनुहोस्