जीवन बीमा : नाफामा हिमालयनले उछिन्यो, वृद्धिदर भने सिटिजन, रिलायवल र एशियनको उच्च, कसको कति ? « Arthapath.com
३० कार्तिक २०८१, शुक्रबार

जीवन बीमा : नाफामा हिमालयनले उछिन्यो, वृद्धिदर भने सिटिजन, रिलायवल र एशियनको उच्च, कसको कति ?



काठमाडौं । व्यवासयमा खासै ग्रोथ नदिएता पनि जीवन बीमा कम्पनीहरु नाफामा चामत्कारिकि सुधार गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीहरुले व्यापार शून्य दशमलव ६८ प्रतिशत मात्रै बढाएका छन् ।

गत वर्षको असोज मसान्तसम्ममा १४ कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । तर, यो वर्षको सोही अवधिमा आइपुग्दा भने सामान्य बढेर ४१ अर्ब ८ करोड १ लाख २७ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

तर, कम्पनीहरुको नाफामा भने उच्च दोहोरो अंकले वृद्धि भएको छ । कम्पनीहरुको नाफामा १८.६२ प्रतिशत बढेको हो । चालु आवको पहिलो तीन महिनामा कम्पनीहरुले १ अर्ब ९२ करोड ४१ लाख २१ हजार रुपैयाँ नाफा कमाएका छन् । तर, गत आवको सोही अवधिमा भने १ अर्ब ६२ करोड २० लाख ९९ हजार रुपैयाँ मात्रै नाफा कमाएका थिए ।

आर्थिक शिथिलता अझै पनि कायमै रहेका कम्पनीहरुको व्यापार वृद्धिदर सामान्य नै छ । तर, कम्पनीहरुको नाफा भने सकरात्मक सुधार देखिएको हो । हाल संचालनमा रहेका मध्ये राष्ट्रिय जीवन बीमा कम्पनीको मात्रै नाफा घटेको छ । यी बाहेकका सबै कम्पनीहरुको नाफामा बढोत्तरी देखिएको छ ।

नाफामा नम्बर वान् हिमालयन लाइफ, वृद्धिदरमा सिटिजन, रिलायवल र एशियन लाइफ

समिक्षा अवधिमा सर्वाधिक नाफा हिमालयन लाइफले कमाएको छ । कम्पनीले तीन महिनामै २५ करोड ३७ लाख कमाएको छ । यद्यपि, यो गत वर्षको तुलनामा ५.१२ प्रतिशत मात्रै धेरै हो । व्यापारमा नम्बर वान कहलिएको नेपाल लाइफसहित अन्य सबै कम्पनीहरुलाई पछि पार्दे हिमालनले उच्च नाफा आर्जन गरेको छ ।

नाफा रकमको आधारमा दोस्रो स्थानमा नेपाल लाइफ छ । कम्पनीले तीन महिनामा २० करोड ५४ लाख कमाएको छ ।

तर, वृद्धिदरमा भने सिटिजन लाइफको पहिलो सूचीमा छ । कम्पनीको नाफा ८३.१५ प्रतिशत बढेर १३ करोड ९ लाख रुपैयाँ पुगेको छ । यस्तै, दोस्रो सूचीमा रहेको रिलायवल नेपालको पनि ४२.०७ प्रतिशत बढेर १९ करोड ९३ लाख कायम भएको छ । रकमको आधामार भने यो कम्पनी तेस्रो सूचीमा छ ।

सर्वाधिक नाफा बढाउनेको तेस्रो स्थानमा रहेको एशियन लाइफले पनि १३ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको पहिलो त्रैमासको तुलनामा ६६.९८ प्रतिशत धेरै हो ।

समिक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको नाफा ३५.४५ प्रतिशत, प्रभूको २५.७४ प्रतिशत, सानिमा रिलायन्सको १९.९३ प्रतिशत र आइएमई लाइफको ११.२१ प्रतिशत बढेको छ ।

यी बाहेकका अन्य कम्पनीको नाफा वृद्धिदर एकल अंकमा छ । समिक्षा अवधिमा नेशनल लाइफको नाफा ६.२४ प्रतिशत, मेट लाइफको ४.३, सूर्यज्योतिको २.५१ प्रतिशत र सन नेपालको ०.४९ प्रतिशत वृद्धि भएको छ। तर, राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा ९४ प्रतिशत घटेको छ ।

कसले कति कमाए नाफा ? रकम हजारमा


प्रतिक्रिया दिनुहोस्