कर्मचारी खुसी पार्न रिलायवल, आइएमई र हिमालयन लाइफ सिपालु, तलबभत्तामा कुन कम्पनीको खर्च कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुको कर्मचारी खर्च साढे १३ प्रतिशत बढेको छ । चालु आर्थिक वर्ष तीन महिनामै कम्पनीहरुको डेढ अर्ब माथि खर्च गरेका छन् ।
चालु आवको असोज मसान्तसम्ममा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको तलबभत्तामा १ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ खर्च गरेका छन् । यो गत आवको सो अवधिको तुलनामा भने १३.४८ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीहरुको यस्तो खर्च १ अर्ब ५५ करोड ८४ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
बीमा कम्पनीहरूले खुद मुनाफाको १० प्रतिशत कर्मचारीको बोनस तथा सुविधाका लागि छुटाउने पर्ने व्यवस्था छ ।
समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमा र सूर्यज्योति लाइफको यस्तो खर्च घटेको देखिन्छ । यी दुई कम्पनीहरुले आफ्ना कर्मचारीको तलबभत्तामा खर्चिने रकम ८९.१४ प्रतिशत र ५.६३ प्रतिशत घटेर क्रमशः ३ लाख ६५ हजार रुपैयाँ मात्रै खर्चिएका छन् ।
कर्मचारीको तलब तथा बोनस सुविधाका खर्चिने रकम रिलायवल नेपाल लाइफले उच्च दरमा बढाएको छ । कर्मचारी खुसी पार्न अर्थात् उनीहरुको सेवा सुविधा बढाउन कम्पनी सीपालु देखिएको हो । समिक्षा अवधिमा कम्पनीको यस्तो खर्च ४१.८१ प्रतिशत बढेर ९ करोड ९५ लाख ५१ हजार रुपैयाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ७ करोड १ लाख रुपैयाा खर्चिएको थियो ।
यता, आइएमई लाइफले पनि कर्मचारी खुसी पार्न सिपालुु नै देखिएको छ । कम्पनीका कर्मचारीको तबलभत्ता खर्च ४०.९९ प्रतिशत बढेर १० करोड १४ लाख २० हजार रुपैयाँ कायम भएको छ ।
रकमको आधारमा भने हिमालयन लाइफ इन्स्योरेन्स धेरै खर्चिएको छ । तीन महिनामै कम्पनीको यस्तो खर्च २५ करोड ९५ लाख ७४ हजार रुपैयाँ पुगेको छ । वृद्धिदरमा भने हिमालयन लाइफ तेस्रो सूचीमा छ । समिक्षा अवधिमा कम्पनीको कर्मचार तलबभत्ता खर्च २८.४७ प्रतिशत वृद्धि भएको हो ।
यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको पनि २१.५९ प्रतिशत बढेर ११ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा आफ्ना कर्मचारीको तलबभत्ता सुविधाका लागि खर्चिने रकम सिटिजन लाइफले १४.९५ प्रतिशत, नेपाल लाइफले १४.६४ प्रतिशत, सन नेपालले १२.०६ प्रतिशत, नेशनलले ९.८८ प्रतिशत, मेट लाइफले ८.२९ प्रतिशत बढाएका छन् ।
यता, सानिमा रिलायन्स लाइफका कर्मचारीहरुको तलबभत्ता खर्च ५.७१ प्रतिशत, प्रभू महालक्ष्मीको २.९२ प्रतिशत र एशियन लाइफको २.३२ प्रतिशत वृद्धि भई क्रमशः १२ करोड ६५ लाख, १० करोड ७२ लाख र ९ करोड २३ लाख रुपैयाँ कायम भएको छ ।
कर्मचारी तलबभत्ता सुविधाका कुनको खर्च कति ?