२५ प्रतिशत हकप्रद सेयर जारी गर्न सानिमा जीआइसीले माग्यो अनुमति « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

२५ प्रतिशत हकप्रद सेयर जारी गर्न सानिमा जीआइसीले माग्यो अनुमति



काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ ।

कम्पनीले १०ः २.५ अनुपातमा ५० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्