लिबर्टी माइक्रो लाइफ र ब्लुबर्ड इन्टरनेशनल क्लिनिकको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र ब्लुबर्ड इन्टरनेशनल क्लिनिकको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
काठमाडौंको थापाथलीस्थित ब्लुबर्ड मलमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । उक्त शिविर गत शनिवार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो । शिविरमा करीब १०० जना सहभागी भएको आयोजकले जनाएको छ ।

उक्त शिविरमा रक्तचाप र सुगरको नि:शुल्क चेकजाँच गरिएको छ । शिविरमा थाइराइड फंक्शन टेस्टमा ५०० रुपैयाँ (५५ प्रतिशत छूट) दिइएको थियो । यस्तै, सम्पूर्ण शरीर परीक्षण प्याकेजमा ५० प्रतिशत छुट दिइएको थियो ।
