मेघा हस्पिटलमा लिबर्टी माइक्रो लाइफका कर्मचारी र बीमितलाई विशेष छुट
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले मेघा हस्पिटलसँग सम्झौता गरेको छ । कम्पनीका कर्मचारीहरू र बीमितहरूले स्वास्थ्योपचारमा विशेष छुट प्रदान गर्ने उद्देश्यसहित मङ्सिर ५ गते हस्पिटलसँग सम्झौता गरेको हो ।
सम्झौताअनुसार कम्पनीका कर्मचारी र पोलिसी होल्डरले उपचारमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । काठमाडौंभित्रको २५ किलोमिटर वरिपरि रहेकाहरूले इमर्जेन्सी अवस्थामा एम्बुलेन्स सेवा समेत निशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

















