सूर्यज्योति लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर, कुनमा कति तोक्यो ?
जीवन बीमा तर्फ बन्यो बीमाङ्कीय मूल्यांकन प्रतिवेदन स्वीकृत गर्ने पहिलो कम्पनी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्वन्धी बीमाङ्कीय प्रतिवेदन गत सोमबार स्वीकृत भएको थियो ।
नपोल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै गत आवको बीमाङ्कस्ीय मूल्याङ्क प्रतिवेदन स्वीकृत गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको छ । यसका साथै प्राधिकरणबाट जारी रिस्क बेष्ड क्यापिट (आरविसी) निर्देशिकालाई पालना गर्दै कम्पनी आरविसी भ्यालुएसन स्वीकृत गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको हो ।
योसँगै कम्पनीले विभिन्न बीमालेखहरुमा प्रदान गरिने बोसन दर कायम गरेको छ । कम्पनीका अनुसार सावधिक जीवन बीमा योजनाहरुमा न्युनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस तोकेको छ ।
यस्तै, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्युनतम ४० देखि ७५ रुपैयाँसम्म, अग्रिम भुक्तानी जीवन बीमामा न्युनतम ४२ देखि ६० रुपैयाँसम्म बोनस दिने भएको हो ।
यता, चौरासी पुजा जीवन बीमा योजनाहरुमा भने न्युनतम ४५ देखि ९० रुपैयाँसम्म बोनस तोकेको छ ।
सूर्यज्योति लाइफ बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ । कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५०लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी बनेको छ । यस्तै, आइ.एस.ओ ९००१–२०१५ द्वारा बिभूषित प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनि बन्न सफल पनि भएको छ ।



















