लघु जीवन बीमा कम्पनीले गरे चार महिनामा साढे ३० करोडको व्यापार, कुनको कति ? « Arthapath.com
१६ मंसिर २०८१, आईतवार

लघु जीवन बीमा कम्पनीले गरे चार महिनामा साढे ३० करोडको व्यापार, कुनको कति ?



काठमाडौं । चार महिनामै लघुवित्त जीवन बीमा कम्पनीहरुले साढे ३० करोडको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

हाल तीन वटा लघु जीवन बीमा कम्पनीहरु संचालनमा छन् । यी कम्पनीहरुले चार महिनामा ३० करोड ५७ लाख ९२ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीम शुल्क आर्जन १५ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । यस्तै, वैदेशिक रोजगार बीमा मार्फत ९ करोड ९० लाख रुपैयाँ र नविकरण मार्फत ७ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले ४ लख ५५ हजआर ४९० वटा बीमालेख बिक्री गरेका हुन् ।

समिक्षा अवधिमा गार्डियन माइक्रोले चार महिनामा ११ करोड ९० लाख ६८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ७ करोड ३ लाख ८८ हजार प्रथम बीमाशुल्क, ४ करोड ८६ लाख १२ हजार वैदेशिक रोजगारी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले नविकरण मार्फत ६७ हजार रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको हो ।

यस्तै, क्रेष्ट माइक्रो लाइफले पनि ६ करोड २६ लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले वैदेशिक रोजगार बीमा मार्फत ४ करोड ८६ लाख १२ हजार र नवीकरण बीमा मार्फत २ लाख ३७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

यता, लिवर्टी माइक्रो लाइफले भने चार महिनामा ७ करोड ५२ लाख २६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पनि प्रथम बीमा शुल्क मार्फत २ करोड ६१ लाख, वैदेशिक रोजगार मार्फत ४ करोड ८६ लाख १२ हजार र नविकरण मार्फत ४ लाख ४९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्