बीमा प्राधिकरणको अध्यक्षका कामकाज गर्न अर्थ मन्त्रालयका सहसचिव दाहाललाई जिम्मेवारी « Arthapath.com
२७ मंसिर २०८१, बिहीबार

बीमा प्राधिकरणको अध्यक्षका कामकाज गर्न अर्थ मन्त्रालयका सहसचिव दाहाललाई जिम्मेवारी



काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको रुपमा काममा गर्ने जिम्मा अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई दिइएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि दहालले प्राधिकरणको अध्यक्षका काममाजहरु गर्नेछन् ।

बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहनु भएका दहाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी तोकिएका हुन् ।

प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । त्यसपछि उनी स्वतः निलम्बित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्