सूर्यज्योति लाइफको १७ औं वार्षिक साधारण सभाले पारित गर्यो २० प्रतिशत लाभांश « Arthapath.com
७ पुष २०८१, आईतवार

सूर्यज्योति लाइफको १७ औं वार्षिक साधारण सभाले पारित गर्यो २० प्रतिशत लाभांश



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । विराटनगरस्थित बिग होटलमा भव्य रूपमा सम्पन्न साधारण सभाले लाभांश पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्तावित २० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको हो ।

सभाले कम्पनीको गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८०-८१ मा भएका खर्चहरूलाई अनुमोदन गरेको छ । यसका साथै सभाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि लेखा परीक्षकको रूपमा सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ ।

सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ ।

कम्पनीले आफ्नो सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता दोहोर्याएको छ ।


प्रतिक्रिया दिनुहोस्