नेको इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।
कम्पनीलाई हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो । अब कम्पनीले २५ प्रतिशत हकप्रद जारी गर्नेछ ।
कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ कित्ता सेयर जारी गर्ने भएको छ ।
बोर्डले पुस ९ गते मंगलबार कम्पनीले सो बराबरको हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।