व्यापारमा नम्वर वान् सलिको : सिद्धार्थ र शिखरबीच कडा टक्कर, ओरियण्टल र नेपाल इन्स्यारेन्स एग्रेसिभ « Arthapath.com
१२ पुष २०८१, शुक्रबार

व्यापारमा नम्वर वान् सलिको : सिद्धार्थ र शिखरबीच कडा टक्कर, ओरियण्टल र नेपाल इन्स्यारेन्स एग्रेसिभ



काठमाडौं । ठुला निर्जीवन बीमा कम्पनीहरु व्यापार विस्तारमा गति दिएका छन् । पाँच महिनामा कम्पनीहरुले १७ अर्ब बढीको व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म आइपुग्दा कम्पनीहरुले व्यापार ९.२६ प्रतिशत बढाएका हुन् ।

चालु आवको पहिलो पाँच महिनामा कम्पनीहरुले १७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने १ अर्ब ४५ करोड ६७ लाख रुपैयाँ बढी हो । गत आवको मंसिर मसान्तसम्ममा कम्पनीहरुले १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

हाल संचालनमा रहेका १४ वटा कम्पनीहरुले पाँच महिनामा कुल ११ लाख ३७ हजार २७२ वटा निर्जीवन बीमालेख जारी गरेका छन् । गत आवको सोही अवधिमा भने ११ लाख ६१ हजार २५९ वटा बीमालेख जारी गरेका थिए ।

व्यापारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को हिस्सा बढ्दै गएको छ । पाँच महिनामा कम्पनीले २ अर्ब १९ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो नै निर्जीवन बीमा कम्पनीमध्ये सर्वाधिक हो । सलिकोले व्यापार १० प्रतिशत बढाएको छ । पाँच महिनामा कम्पनीले १ लाख १५ हजार ३२८ वटा बीमालेख बिक्री गरेको छ । कुल व्यवसायमा सलिको हिस्सा १२.८० प्रतिशत पुगेको छ ।

यस्तै, व्यापारमा सिद्धार्थ प्रिमियमर र शिखर इन्स्योरेन्स कम्पनीबीच भने दोस्रो पोजिनमा कडा टक्कर देखिएको छ । धिकरणका अनुसार सिद्धार्थले पाँच महिनामा कुल १ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यता, शिखरले पनि १ अर्ब ७४ करोड २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसअघिसम्म शिखरले मर्जर बिनानै अन्य सबै कम्पनीलाई टप्दै आएको थियो । तर, हाल भने मर्जर पछि बलिया बनेका केही कम्पनीहरुले आफ्नो व्यापारको हिस्सा बढाउँदै लगेको छन् । समिक्षा अवधिमा सिद्धार्थको व्यापार ७ प्रतिशत र शिखरको १०.४५ प्रतिशत वृद्धि भएको प्राधिकरणको आँकडाले देखाउँछ ।

अधिकांश कम्पनीहरुको व्यापार बढेता पनि प्रभू र युनाईटेड अजोडको भने क्रमशः ८.८६ प्रतिशत र ४.२६ प्रतिशत घटेको छ ।
व्यापार बढाउन ओरियण्टल र नेपाल इन्स्योरेन्स आक्रामक देखिएका छन् । ओरियण्टलले व्यापार ५४.९८ प्रतिशत वृद्धि गरेको छ । पाँच महिनामै कम्पनीले १ अर्ब १२ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ७२ करोड ७१ लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको थियो ।

यता, नेपाल इन्स्योरेन्स पनि आफ्नो व्यापार ५२.५७ प्रतिशत बढाएर ९४ करोड ४६ लाखख रुपैयाँ पुर्याएको छ । प्राधिकरणका अनुसार एनएलजी इन्स्योरेन्सको व्यावसाय ११.२३ प्रतिशत, राष्ट्रिय बीमा कम्पनी ७.१९ प्रतिशत, नेशनलको ६.१५ प्रतिशत, नेकोको ५.३० पव्रतिशत, सानिमा जिआइसीको २.९७ प्रतिशत र हिमालयन एभरेष्टको ०.३९ प्रतिशत मात्रै वृद्धि भएको छ ।

निर्जीवन बीमा व्यापार : कसले कति उठाउ प्रिमियम ? रकम लाखमा


प्रतिक्रिया दिनुहोस्