एसएमएस मार्फत दावी र भुक्तानीको जानकारी गराउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन « Arthapath.com
१४ पुष २०८१, आईतवार

एसएमएस मार्फत दावी र भुक्तानीको जानकारी गराउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन



काठमाडौं । बीमा कम्पनीहरुले दावी तथा भुक्तानीको जानकारी अब एसएमएस मार्फत गराउनुपर्ने भएको छ ।

नेपाल बीमा प्राधिकरणले बीमा दावी तथा भुक्तानीको जानकारी एसएमएस मार्फत गराउन कम्पनीहरुलाई निर्देशन दिएको हो ।
बीमकले बीमा दावी निवेदन प्राप्त भएपश्चात सोको दर्ता गरि यथाशिघ्र बीमितलाई जानकारी गराउनपर्नेछ ।

निर्जीवन बीमाको क्षति मूल्याङ्कन गर्न सर्भेयर खटाउँदा, बीमकले सर्भे प्रतिवेदन प्राप्त भएपछि सबै जानकारी गराउन निर्देशन दिएको हो ।

यस्तै, बीमालेख अनुसारको दावीको दायित्यवको यकिन भएपश्चात सो पुरा रकम अनिवार्य रुपमा कानुन बमोजिम भुक्तानी प्राप्त गर्ने पक्षको बैंक खातामा दालिखा हुने गरि डिजीटल माध्यम प्रयोग गरि भुक्तानी गर्नसमेत निर्देशन दिएको छ ।

यस्तै, जीवन बीमा कम्पनीहरुले पनि दावी भुक्तानी बापत बीमित वा हकवालालाई कानुन बमोजिम भुक्तानी गर्नुपर्ने रकम बीमित वा हकवालाको बैंक खातामा दाखिला नगरी अन्य बीमालेख जारी गरि रकम समोजन गर्न नपाइने प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्