लिबर्टी माइक्रो लाइफले गर्यो कास्कीका ३१७ जनाको ग्रामीण सामूहिक म्यादी जीवन बीमा « Arthapath.com
२४ पुष २०८१, बुधबार

लिबर्टी माइक्रो लाइफले गर्यो कास्कीका ३१७ जनाको ग्रामीण सामूहिक म्यादी जीवन बीमा



काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले कास्कीमा ३१७ जनाको ग्रामीण सामूहिक म्यादी जीवन बीमा गरेको छ । कम्पनीले महानगरपालिका वडा.नं.२७, तालचोक,कास्कीसँग आबद्ध रहेका ३१७ जनालाई कम्पनीको ग्रामीण सामूहिक म्यादी जीवन बीमा गरेको हो ।

यस बीमालेखअन्तर्गत ५० वर्षसम्मको व्यक्तिहरुको १ लाख बराबर र ५० वर्षभन्दा माथि ६९ वर्षसम्मको व्यक्तिहरुको ५० हजार बीमांक बराबरको जोखिम अन्यन्तै न्यून रकममा कम्पनीले बहन गरेको छ ।

बीमा गर्ने व्यक्तिहरुको बीमा गरेको मिति देखि १ वर्षभित्र कुनै पनि कारणले मृत्यु भएमा बीमांक बराबरको रकम भुक्तानी गरिने कम्पनीले जनाएको छ । कम्पनीले पोखरा महानगरपालिका वडा.नं.२७ लाई जारी गरेको उक्त बीमालेखमा कम्पनीको गण्डकी तथा लुम्विनी प्रदेशका रिजनल हेड शिव प्रसाद पौडयालले पोखरा महानगरपालिका वडा.नं.२७ का वडा अध्यक्ष पूर्ण बहादुर गुरुङ्गलाई वडा कार्यालयमा हस्तान्तरण गरेका थिए ।

कम्पनीले नेपालको सीमान्कृत समुदायलाई लक्षित गर्दै जीवन बीमाका विशेष बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्