बीमा क्षेत्रको विकासलाई अझै उचाईमा पुर्याउने गरि काम गर्न आईआईएनलाई अध्यक्ष दहालको निर्देशन « Arthapath.com
२९ पुष २०८१, सोमबार

बीमा क्षेत्रको विकासलाई अझै उचाईमा पुर्याउने गरि काम गर्न आईआईएनलाई अध्यक्ष दहालको निर्देशन



काठमाडौं । नेपाल बीमा प्राधिकरण्का अध्यक्ष मदन दहालले बीमा दावी भुक्तानीमा ढिलाई नगर्न निर्देशन दिएका छन् ।

इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (आईआईएन) को छैठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दहालले यस्तो बताएका हुन् ।

दहालले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाई लगायत नयाँ नयाँ विषयमा अनुसन्धान समेत गर्न इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाललाई निर्देशन दिए ।

आइआइएनका संरक्षक समेत रहेका अध्यक्ष दहालले बीमा क्षेत्रको विकासलाई अझै उचाईमा पु¥याउनका लागि आफ्नो क्षेत्रबाट मिहेनतका साथ अगाडि बढ्न पनि निर्देशन दिए ।

उनले भने,‘बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको छ, समितिबाट सुझाव आएपछि कार्यान्वयनमा ल्याइनेछ, देशभरका सबै बीमा सर्भेयर र बीमा अभिकर्तालाई तालिम दिनका लागि आईआईएनले तालिमलाई विकेन्द्रीकरण गर्दै तीब्रता दिनुपर्छ ।’

इस्योरेन्स इन्ष्टिच्युट अफ नेपालको संचालक समितिका अध्यक्ष दीप प्रकाश पाण्डेले आईआईएनको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले प्रतिवेदन पारित गरेको छ ।

सोही अवसरमा आइआइएनका प्रमुख कार्यकारी अधिकृत सुशीलदेव सुवेदीले बीमा क्षेत्रका विशेषज्ञहरूको सहभागिता तथा अन्तर्राष्ट्रिय सस्थाहरूसँगको सहकार्यमा समेत विभिन्न तालिम तथा कार्यक्रमहरू संचालन गर्दै आएको जानकारी गराए ।

यस्तै, स्नातकोत्तर तहमा बीमा विषयको अध्यापन तथा अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वयन एवम् सहकार्य हुँदै आएको बताएका थिए ।

साधारणसभामा आईआईएनका संचालक समितिका सदस्यहरू तथा शेयरधनीहरू जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्