मधेसका ८ वटै जिल्लामा सलिकोले वितरण गर्यो न्यानो कम्बल « Arthapath.com
७ माघ २०८१, सोमबार

मधेसका ८ वटै जिल्लामा सलिकोले वितरण गर्यो न्यानो कम्बल



काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्स लिमिटेडले मधेश प्रदेशमा न्यानो कम्बल वितरण गरेको छ । कम्पनीले मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल बितरण गरेको हो ।

सोमबारका दिन पर्सा जिल्ला पकाहमैनपुर गाउँ पालिका वडा नं.–४ मा विभिन्न वर्गका ७० जना लाई कम्मल वितरण गरेको छ ।

कार्यक्रममा वडा वडा अध्यक्ष भेडी प्रसाद यादव, नेपाल बीमा प्राधिकरण मधेस प्रदेशका सहायक निर्देशक रोशन महासेठ सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मधेस प्रदेश प्रमुख निशान्त कुमार लामिछाने, शाखा प्रमुख संदिप सिंह ठकुरी, समाजसेवी अयोध्या प्रसाद चौहान लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्