छुट्ला है नेपाल लाइफको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
९ माघ २०८१, बुधबार

छुट्ला है नेपाल लाइफको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् माघ १० गते बुक क्लोज गर्ने भएको छ । त्यस कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सो प्रस्ताव पारित गर्न कम्पनीले माघ २८ गते साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्