नबिकेको हकप्रद लिलामीमा ल्याउँदै एनएलजी इन्स्योरेन्स

काठमाडौं । एनएलजी इन्स्योरेन्सले बिक्री नभएको ३ लाख १७ हजार ५३३.२२ कित्ता हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको उक्त सेयर लिलामीमा ल्याउन लागेको हो ।
कम्पनीले माघ २० गतेदेखि संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलाममा बिक्री गर्न लागेको हो ।
उक्त सेयरको मूल्य न्यूनतम १०० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिन सक्नेछन् ।
यसमा संस्थापक समूहमा न्यूनतम १० हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ ।
यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ ।