फस्टाउँदै मोटर र सम्पत्ति बीमाको व्यापार, कृषि र हवाई बीमा घट्यो, कुन बीमालेख कति बिक्री ? « Arthapath.com
१४ माघ २०८१, सोमबार

फस्टाउँदै मोटर र सम्पत्ति बीमाको व्यापार, कृषि र हवाई बीमा घट्यो, कुन बीमालेख कति बिक्री ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले ६ महिनामा २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । त्यसमा ३१.२१ प्रतिशत योगदान मोटर बीमाको छ भने सम्पत्ति बीमाको २५.७६ प्रतिशत छ ।

समग्र निर्जीवन बीमा व्यापार मोटर र सम्पत्ति बीमाको भरमा चलिरहे देखिन्छ । कुल व्यवसायमा यी दुई बीमाको बजार हिस्सा झन्डै ६७ प्रतिशत हुन आउँछ ।

नेपाल बीमा प्राधिकरण्का अनुसार सर्वाधिक हिस्सा ओगटेको मोटर बीमा व्यापार ५.१७ प्रतिशत वृद्धि भएको छ । ६ महिनामा यस्तो बीमा मार्फत ६ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । जबकि, गत आवको पुस मसान्तसम्ममा भने कम्पनीहरुले ६ अर्ब ३२ करोड २७ लाख रुपैयाँ बीमा शुल्क उठाएका थिए ।

यता, सम्पत्ति बीमाको व्यापार भने व्यापक रुपमा बढेको देखिन्छ । गत आवको तुलनामा १५.७४ प्रतिशत बढेर ५ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने सम्पत्ति बीमा मार्फत ४ अर्ब ७४ करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । अहिले मोटर र सम्पत्ति बीमालाई अनिवार्य गरिएको छ । नेपालमा कानुनी रुपमा अनिवार्य गरेपछि दुवै बीमाको व्यापार फस्टाउँदो छ । अर्को बैंकबाट कर्जा लिँदा पनि सम्पत्तिको बीमा पनि अनिवार्य छ । यसले पनि व्यवसायको दायार थप बढ्दै गएको हो ।

समिक्षा अवधिमा बीमा शुल्क आर्जन बढेता पनि बीमालेख बिक्री भने घटेको देखिन्छ । मोटर बीमालेख बिक्री ८.६ प्रतिशत घटेर ७ लाख ८४ हजार ४४४ वटा कायम भएको छ। यता, सम्पत्ति बीमालेख बिक्री पनि ४.८७ प्रतिशत घटेको छ । ६ महिनामा कम्पनीहरुले २ लाख ४० हजार ५६६ वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् ।

प्राधिकरण्का अनुसार लघुबीमा पनि ह्वात्तै बढेको छ । समिक्षा अवधिमा यस्तो बीमा झन्डै ८ गुणा बढेर ४३ करोड २५ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, सामुन्द्रिक बीमा पनि १६.८३ प्रतिशत, इन्जिरियरिङ तथा ठेकेदार बीमा पनि ९.५४ प्रतिशत प्रतिशत बढेको छ । तर, कृषि तथा बाली र हवाई बीमाको व्यापार घटेको देखिन्छ । समिक्षा अवधिमा कृषि बीमा १० प्रतिशत घटेको छ ।

कुल व्यवसायमा ४ प्रतिशत हिस्सा आगटेको कृषि तथा बाली बीमा मार्फत कम्पनीहरुले ६ महिनामा ८६ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आवको पुस मसान्तसम्ममा कम्पनीहरुले ७० हजार ७७२ वटा कृषि तथा बाली बीमालेख बिक्री गरेका थिए । तर, यो वर्ष भने ८.५३ प्रतिशत बढेर ७६ हजार ८१० वटा बीमालेख बिक्री गरेका छन् । यता, हवाई बीमा पनि ५.३३ प्रतिशत घटेको छ ।

कुन बीमालेख कति बिक्री ?


प्रतिक्रिया दिनुहोस्