सूर्यज्योति लाइफले कमायो साढे १९ करोड नाफा, जीवन बीमा कोषको आकार ३७ अर्ब ७३ करोड « Arthapath.com
२२ माघ २०८१, मंगलवार

सूर्यज्योति लाइफले कमायो साढे १९ करोड नाफा, जीवन बीमा कोषको आकार ३७ अर्ब ७३ करोड



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साढे १९ करोड नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ६ महिनामा कम्पनीले १९ करोड ६१ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ३.३७ प्रतिशत बढी हो । गत आवको पुस मसान्तसम्ममा कम्पनीले १८ करोड ९७ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने १९.८३ प्रतिशत बढेर ४ अर्ब ९८ करोड १५ लाख ९५ हजार रुपैयाँ कायम भएको छ । गत आवको दोस्रो त्रैमासमा भने कम्पनीको यस्तो बीमा शुल्क ४ अर्ब १५ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १८.२४ प्रतिशत बढेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी १ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ रहेको थियो । तर, यो वर्षको सो अवधिमा भने बढेर १ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १९.३५ प्रतिशत बढेर ७ अर्ब रुपैयाँ कायम भएको छ । कुल खर्च पनि १९.७८ प्रतिशत बढेर ६ अर्ब ६४ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको जीवन बीमा कोषको आकार पनि ८.३५ प्रतिशत बढेर ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ७.८३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२३.४४ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्