बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी सिफारिस

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा बढुवाका लागि सुशीलदेव सुवेदी सिफारिस भएका छन् ।
कार्यकारी निर्देशक पदपूर्ति समितिले बुधवार सुवेदीलाई सिफारिस गरेको हो । उनी कार्यसम्पदान मूल्याङ्कन, जेष्ठता, शैक्षिक योग्यता र तालिम बापत प्राप्त गरेको अंकको आधारमा सिफारिस भएका हुन् । उनीसहित तीन जना सो पदका लागि प्रतिस्पर्धामा थिए ।
प्राधिकरणका निर्देशकद्वय कमल प्रसाद रेग्मी र पूजन ढुंगेल पनि कार्यकारी निर्देशकको प्रतिस्पर्धामा रहेका थिए । तर, सुवेदीले ७७.१९४ अंक प्राप्त गरेको समितिले जनाएको छ ।
अब बीमा प्राधिकरणको संचालक समितिले स्वीकृत गरेपछि मात्रै उनको औपचारिक बढुवा हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक पद गत जेठ १२ गतदेखि रिक्त छ ।