नेपाल बीमक संघको अध्यक्षमा बैदवार सर्वसम्मत « Arthapath.com
२५ माघ २०८१, शुक्रबार

नेपाल बीमक संघको अध्यक्षमा बैदवार सर्वसम्मत



काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवार क्षेत्री सर्वसम्मत चयन भएको छ ।

शुक्रबार संघको कार्यसमिति चयन सर्वसम्मत भएको हो । महासचिव पदमा एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्तको सर्वसम्मत चयन भएका छन् ।

यसैगरी, उपाध्यक्षमा नेको इन्स्योरेन्सका सीईओ अशोककुमार खड्का, कोषाध्यक्षमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ युगेशभक्त बादे श्रेष्ठ चयन भएका हुन् ।

संघको कार्यसमितिमा नयाँ सदस्यमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ अन्जु श्रेष्ठ, द ओरिएन्टल इन्स्योरेन्सका सीईओ टोटन चक्रवर्ती र प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चयन भएका हुन् । संघको कार्यसमितिको कार्यकाल २ वर्षको हुने छ ।


प्रतिक्रिया दिनुहोस्