निर्जीवन बीमा: शिखर, प्रभू र सानिमा जिआइसीले मात्रै बढाए नाफा, २ वटा नोक्सानीमा, कसले कति कमाए ?

काठमाडौं । अधिकांश निर्जीवन बीमा कम्पनीहरुको नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा दुई कम्पनी त नोक्सानीमै देखिन्छन् ।
जीवन बीमा कम्पनीहरुको नाफामा झन्डै १५ प्रतिशत ग्रोथ देखिएता पनि निर्जीवन बीमा कम्पनीहरुको भने ५८.३९ प्रतिशत घटेको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्म १४ वटा ठुला कम्पनीहरुले ३ अर्ब ९ करोड ७८ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने आधा घटेर १ अर्ब २५ करोड ८४ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
दोस्रो त्रैमासमा ओरियण्टल इन्स्योरेन्सले १९ करोड ७५ लाख ४१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । जबकि, गत आवको सोही अवधिमा कम्पनीले २५ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यता, नेशनल इन्स्योरेन्स पनि ३६ करोड ९८ लाख रुपैयाँ घाटामा देखिन्छ । यद्यपि, गत आवको दोस्रो त्रैमासमा पनि कम्पनी १ करोड ७ लाख रुपैयाँ नोक्सानीमै थियो ।
गत आवको तुलनामा सानिमा जिआईसी, प्रभू र शिखरले मात्रै नाफा बढाएका छन् । यी बाहेकका सबै कम्पनीहरुको नाफामा गिरावट देखिन्छ ।
समिक्षा अवधिमा सानिमा जिआइसीको नाफा १५.२५ प्रतिशत वृद्धि भई १२ करोड १६ लाख रुपैयाँ पुगेको छ । यता, प्रभूको पनि १०.५३ प्रतिशत बढेर १२ करोड रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा शिखरको नाफा पनि २.४८ प्रतिशत वृद्धि भई २५ करोड ७३ लाख रुपैयाँ पुगेकोछ । रकमको आधारमा धेरै नाफा कमाउनेको दोस्रो सूचीमा शिखर छ ।
समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ३४ करोड ६६ लाख ८८ नाफा कमाएको छ । रकमको आधारमा भने सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा छ ।
यस्तै, सिद्धार्थ प्रिमियरले २२ करोड ५० लाख, हिमालयन एभरेष्टले १५ करोड ९८ लाख, नेको इन्स्योरेन्सले १५ करोड ६० लाख, आइजीआई प्रुडेन्सियलले १४ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् ।
यता, नेपाल इन्स्योरेन्सले ८ करोड ६० लाख, एनएलजी इन्स्योरेन्सले ६ करोड ९६ लाख, युनाईटेड अजोडले ६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका छन् ।
कुनको नाफा, घाटा कति ?
