लाभांश पारित गर्न हिमालयन एभरेष्टले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
४ फाल्गुन २०८१, आईतवार

लाभांश पारित गर्न हिमालयन एभरेष्टले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीले आउँदो फागुन २७ गते ३१ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभामा सोही प्रस्ताव पारित हुनेछ । सोही सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १५ गते बुकक्लोज गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्