बीमा प्राधिकरणको उप-निर्देशकमा थापा र केसीको बढुवा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको उप निर्देशकमा दुई जनाको बढुवा भएको छ ।
प्राधिकरण सेवा, कानुन समूह, अधिकृत द्धितीय श्रेणी, उप निर्देशक (कानुन) पदमा सविता थापा र रञ्जिता केसीको बढुवा भएको हो ।
सो पदका लागि प्राधिकरणले गत माघ १८ गतेसम्म दरखास्त खुलाएको थियो । त्यसमध्ये थापा र केसी मूल्याङ्कन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिम बापत प्राप्त गरेको कुल अंकको आधारमा बढुवा भएका हुन् ।
थापाले ८१.९७६ अंक र केसीले ८१.९६६ अंक प्राप्त गरेका छन् । सोही प्राप्ताङ्कको आधारमा पदपूर्ति समितिले शनिबार (फागुन ३ गते) बढुवाका लागि सिफारिस गरेको हो ।