सरिना जि ट्रेड मार्फत विक्री हुने इभि इजि ट्याक्सीहरुको मोटर बीमा सलिकोले गर्ने « Arthapath.com
९ फाल्गुन २०८१, शुक्रबार

सरिना जि ट्रेड मार्फत विक्री हुने इभि इजि ट्याक्सीहरुको मोटर बीमा सलिकोले गर्ने



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जि ट्रेड प्रा. लि. बीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्र अनुसार सरिना जि ट्रेडमार्फत विक्री गरिने इभि इजि ट्याक्सीहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो ।

सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सरिना जि ट्रेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय महतोले हस्ताक्षर गरेका छन् ।

सरिना जि ट्रेडबाट विक्री गरिने विद्युतीय सवारीसाधनहरुकोे व्यापक सवारी साधन बीमा सलिको इन्स्योरेन्सबाट हुनेछ । उक्त सवारी साधन अन्तर्गत भविष्यमा कुनै दावी परेमा बीमा कम्पनीले दावी भूक्तानी प्रकृयालाई थप सरल, सहज, नगदरहित तथा शिघ्र भुक्तानी गर्ने समेत जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्