बीमा क्षेत्रमा महशूस हुने गरी कार्यान्वयनयोग्य कार्ययोजना बनाएर काम गर्छु : अध्यक्ष ओझा « Arthapath.com
१३ फाल्गुन २०८१, मंगलवार

बीमा क्षेत्रमा महशूस हुने गरी कार्यान्वयनयोग्य कार्ययोजना बनाएर काम गर्छु : अध्यक्ष ओझा



नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित हुने बताए ।

मंगलबार अध्यक्षको कार्यभार सम्हाल्र्द ओझाले यस्तो बताएका हुन् । नवनियुक्त अध्यक्ष ओझाले बीमा क्षेत्रमा देखिने गरेर परिवर्तन आएको महशूस हुने गरी सबैको सहकार्यमा कार्यान्वयनयोग्य कार्ययोजना बनाएर काम गर्ने बताए ।

बीमा ऐन, नियम, निर्देशिका एवम् मापदण्ड बमोजिम अगाडि बढ्ने उल्लेख गरे । उनले बीमा क्षेत्रको नियमनकारी निकायका रूपमा प्राधिकरणले अवलम्बन गर्दै आएको असल अभ्यासलाई निरन्तरता दिने र आवश्यक अन्तर्राष्ट्रिय असल अभ्यासलाई कार्यान्वयन गर्दै जाने बताए ।

बीमा क्षेत्रलाई नियमित, प्रतिस्पर्धी र पारदर्शी बनाउँदै बीमितको हित संरक्षण, प्राधिकरणका विचाराधीन मुद्दाहरूको शिघ्र फस्र्यौट र बीमकको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन प्राथमिकताका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष ओझाले आजै अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्