नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कतिले हात पारे सेयर ? « Arthapath.com
२३ फाल्गुन २०८१, शुक्रबार

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कतिले हात पारे सेयर ?



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँट सम्पन्न भएको हो ।

मागभन्दा बढी आवेदन परेका कारण गोलप्रथा विधिमार्फत आईपीओ बाँडफाँट भएको छ । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकबाट २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

यसमध्ये १८ लाख ६ हजार ७६२ कित्ता सदर भएको र १० हजार ३८६ आवेदन बदर भएको क्यापिटलले जनाएको छ । यसरी कुल सदर आवेदकबाट २ करोड २२ लाख ७४ हजार ३९० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनालाई १० कित्ताका दरले १८ लाख ४५ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी १६ लाख २२ हजार २६२ सदर आवेदकको हात भने खाली भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको थियो ।


प्रतिक्रिया दिनुहोस्