हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभाले पारित गर्यो ८.७५ नगद लाभांश « Arthapath.com
२७ फाल्गुन २०८१, मंगलवार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभाले पारित गर्यो ८.७५ नगद लाभांश



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले लाभांश पारित गरेको छ। कम्पनीले अघिल्लो आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ८.७५ नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सोही लाभांश सभाबाट पारित भएको छ ।

उक्त साधारणसभा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको थियो ।

उक्त सभाले आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन आदि पारित गरेको छ ।
यसका साथै चालु आव २०८१–८२ को लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ती र पारीश्रमिक समेत लेखापरीक्षण समितिले सिफारिस गरिए बमोजिम अनुमोदन गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालिन रुपमा श्रोतहरुको परिचालन गरि दिगो लाभ लिन सकिनेमा विश्वास लिएको बताए । उनले सबै सरोकारवालाहरुको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणी रुपमा स्थापित हुनेमा आफू पूर्णरुपमा विश्वस्त रहेको पनि उल्लेख गरे ।

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले नविनतम प्रविधिको प्रयोगबाट निर्जीवन बीमाका ग्राहकहरुलाई सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित संस्था बनाउने आफ्नो अधिकतम प्रयास रहेको बताइन् ।


प्रतिक्रिया दिनुहोस्