सूर्यज्योति लाइफसँगको सहकार्यमा खल्तीको नयाँ सुविधा, बिना धितोमै तुरुन्तै कर्जा पाइने « Arthapath.com
२७ चैत्र २०८१, बुधबार

सूर्यज्योति लाइफसँगको सहकार्यमा खल्तीको नयाँ सुविधा, बिना धितोमै तुरुन्तै कर्जा पाइने



काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा नयाँ सुविधा सार्वजनिक गरेको छ ।

अब प्रयोगकर्ताहरूले बिना धितो, इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएका छन्, त्यो पनि घरैबाट, बिना लाइन बसेर, तुरुन्तै आफ्नो खल्ती खाता मै।

बीमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता खोलिएको नम्बर मिलेमा, प्रयोगकर्ताहरू यो इ–कर्जाको लागि योग्य हुने साझेदारहरू बताउँछन्। कागजी पक्रियाको झन्झट, लाइन बस्नुपर्ने झन्झट र अन्य समय खपत हुने पक्रियालाई पार गर्दै तुरुन्तै केही समयमै ५० हजार रुपैयाँसम्मको कर्जा रकम खल्तीमा प्राप्त हुने व्यवस्था मिलाइएको हो ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रणालीमा खल्ती प्रत्यक्ष रूपमा जडान भएकाले कर्जाको योग्यता र विवरण खल्ती एपबाटै मापन हुने सुविधा रहेको छ ।

डिजिटल माध्यमको प्रयोगबाट वित्तीय पहुँचलाई अझ सरल बनाउने उद्देश्यका साथ यो सुविधा ल्याएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए । उनका अनुसार तत्कालै आर्थिक आवश्यकता परेका बखत सहज ढंगले उपयोग गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्