सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिन पाउनेगरि कहिलेसम्म बन्ने सेयरधनी ? « Arthapath.com
२९ चैत्र २०८१, शुक्रबार

सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिन पाउनेगरि कहिलेसम्म बन्ने सेयरधनी ?



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुक क्लोजका लागि मिति तय गरेको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनाका लागि कम्पनीले आगामी बैशाख ५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । त्यसका आधारमा बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.२७ प्रतिशत हकप्रद सेयर जारी गर्दैछ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्