राजविराजमा सिद्धार्थ प्रिमियरको ‘बीमा प्रर्वद्धनात्मक कार्यक्रम’

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सप्तरीको राजविराजमा बीमा प्रवद्र्वनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
“नन लाइफ इन्स्योरेन्स अफ द इयर–२०२५” बाट सम्मानित कम्पनीको उक्त कार्यक्रममा निर्जीवन बीमासंग सम्वन्धित विभिन्न बीमालेखका बारेमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा राजविराज नगरपालिकाको कार्यवहाक मेयर इसरत परविनले बीमा अति आवश्यक रहेको र अगामी दिनमा राजविराज नगरपालिकाले पनि बजेटमै बीमा कार्यक्रम राख्ने बताए । उनले बीमाको प्रभावकारीताको लागि सम्भव प्रयासहरु गर्ने बताए ।
कार्यक्रममा उद्योगी, व्यापारी, कृषक, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु गरि करिव ७६ जनाको उपस्थिति रहेको थियो ।
सोही अवसरमा नेपाल बीमा प्राधिकारण मधेश प्रदेश प्रमूख प्रिती देवले निर्जीवन बीमा र यसका आवश्यकता, औचित्यहरुको बारेमा प्रकाश पारेकी थिइन् । बीमा सेवा प्रदायक कम्पनीहरुले स्थानीय स्तरमा अन्तरक्रिया तथा छलफल गरी बीमाको पहुच वढाउन आवश्यक रहेको बताइउन् । बीमा जनचेतना फैलाउन गरेको राम्रो प्रयासलाई सराहना गरेकी थिइन् ।