धमाधम नयाँ बोनस दर तोक्दै जीवन बीमा कम्पनी, कुनमा बीमा गर्दा कति पाइन्छ बोनस ? « Arthapath.com
२ बैशाख २०८२, मंगलवार

धमाधम नयाँ बोनस दर तोक्दै जीवन बीमा कम्पनी, कुनमा बीमा गर्दा कति पाइन्छ बोनस ?



काठमाडौं । झन्डै एक दर्जन जीवन बीमा कम्पनीहरुले बोनस दर घोषणा गरेका छन् । हाल संचालनमा रहेकामध्ये १० वटा कम्पनीहरुले बोनस दर घोषणा गरेको हुन् ।

ती कम्पनीहरुले आर्थिक वर्ष २०८०–८१ का लागि बीमितले पाउने बोनस दर घोषणा गरेका हुन् ।

कम्पनीहरुले आव २०८०–८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सहति बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका हुन् ।

हाल १४ वटा ठुला जीवन बीमा कम्पनीहरु छन् । तीमध्ये ४ वटाको बोनस दर भने घोषणा हुन् बाँकी नै छ ।

मुनाफा, बीमालेखको संख्या, पोलिसी ल्याप्स, सम्भावित जोखीम लगायतका आधारमा कम्पनीहरूले बीमांकीय मूल्यांकन मार्फत प्रत्येक वर्ष बोनसदर निर्धारण गर्नुपर्दछ, बोनसदर प्रतिहजारमा गणना हुन्छ ।

बीमितको बीमांकको आधारमा नै प्रत्येक वर्ष तोकिएको बोनस रकम पाउन सक्छन् । बीमा अवधि सकिएपछि बीमितले बीमांकसहित प्रत्येक वर्ष आर्जित बोनस रकम एकमुष्ट पाउँछन् । बीमा एक्चुअरी मार्फत कम्पनीमा लेखापरिक्षण भएपश्चात एक्चुअरी कै निर्णयमा बोनस दर घोषणा गरिन्छ ।

हालसम्म नेपाल लाइफ, सूर्यज्योति लाइफ, सिटिजन, प्रभू महालक्ष्मी, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, सानिमा रिलायन्स, रिलायवल नेपाल, मेट लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर घोषणा गरेका हुन् । कम्पनीहरुले न्युनतम २० रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनस दर निर्धारण गरेका छन् ।

नेपाल लाइफको न्युनतम ५५ देखि ८५ रुपैयाँसम्म

नेपाल लाइफले विभिन्न योजनामा न्युनतम ५५ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । कम्पनीका अनुसार सावधिक जीवन बीमालेखमा अवधि अनुसार ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस कायम गरेको छ ।

यस्तै, सावधिक जीवन बीमालेखमा ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म, सावधिक जीवन बीमालेख (जीवन समुन्नत) मा ५६ देखि ६० रुपैयाँसम्म, सुनौलो भविष्य जीवन बीमा योजना अन्तर्गत ६० देखि ६५ रुपैयाँ तोकेको छ ।

यस्तै, सावधिक तथा आजीवन बीमालेख र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ५६ रुपैयाँ, र अन्य (जीवन सारथी) ६२ रुपैयाँदेखि ८५ रुपैयाँसम्म निर्धारण गरेको छ ।

bonus-rate-of-nepal-life

सूर्यज्योति लाइफको २० देखि ९० रुपैयाँसम्म

सूर्यज्योति लाइफले पनि विभिन्न बीमालेखमा न्युनतम २० रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनस तोकेको छ । कम्पनीले सावधिक बीमा योजनामा न्युनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँ निर्धारण गरेको छ ।

सावधिक तथा आजीवन पनि न्यूनतम ४० रुपैयाँ ७० रुपैयाँसम्म र अग्रिम भुक्तानी सावधिक बीमा योजना अन्तर्गत भने ४२ रुपैयाँदेखि ६० रुपैयाँ तोको छ । यस्तै, चौरासी पुजा अग्रिम भुक्तानी नियमित र एकल तर्फ ४५ देखि ९० रुपैयाँसम्म र इजि पपे अग्रिम भुक्तानीमा भने २० देखि ३० रुपैयाँसम्म तोकेको छ ।

नेशनल लाइफको ६३ देखि ८५ रुपैयाँ

नेशनल लाइफले विभिन्न बीमा योजनामा न्युनतम ६३ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ६४ रुपैयाँदेखि ७० रुपैयाँ तोकेको छ ।

सावधिक तथा आजीवन बीमालेखमा ६४ देखि ८५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ६३ देखि ६४ रुपैयाँ कायम गरेको छ ।

आइएमई लाइफले न्युनतम २२ देखि ८० रुपैयाँसम्म दिने

नयाँ बोनस दर अनुसार आइएमई लाइफले पनि विभिन्न बीमा योजनामा न्युनतम २२ रुपैयाँदेखि ८० रुपैयाँसम्म दिने भएको छ ।
कम्पनीले सावधिक, समित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजना अन्तर्गत विभिन्न अवधिमा न्युनतम ३२ रुपैयाँदेखि ७० रुपैयाँ दिने भएको छ ।

यस्तै, सामूहिक सावधिक अन्तर्गत पनि न्युनतम ३२ रुपैयाँदेखि ७५ रुपैयाँ, सावधिक तथा आजीवन तर्फ न्युनतम ३२ रुपैयाँदेखि ८० रुपैयाँ बोनस तोकेको छ ।

यता, अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) मा न्युनतम ३२ रुपैयाँदेखि ५० रुपैयाँ, अग्रिम भुक्तानी सावधिकमा ३० रुपैयाँदेखि ६३ रुपैयाँ, बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) मा न्युनतम ३७ रुपैयाँदेखि ५० रुपैयाँ, वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) न्युनतम ३० रुपैयाँदेखि ६० रुपैयाँ र सोही बीमालेखको धन सरितामा भने २२ रुपैयाँ बोनस दर कायम गरेको छ ।

सानिमा रिलायन्स लाइफ : न्युनतम १९ देखि ७५ रुपैयाँसम्मको बोनस दर

सानिमा रिलायन्सले पनि न्युनतम १९ देखि ७५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ।

कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) मा ३५ देखि ७० रुपैयाँ, सावधिक जीवन बीमा योजना (एकल) मा पनि ३५ देखि ६५ रुपैयाँ बोनसदर तोकेको छ ।

यता, त्रिपल सावधिक बीमामा २० देखि ३० रुपैयाँ, दम्पती सावधिक बीमा योजनामा पनि २० देखि ३० रुपैयाँ, सावधिक तथा आजीवनमा ३५ देखि ७० रुपैयाँ, अग्रिम भुक्तानी योजनामा ३२ देखि ४२ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी योजनामा १९ देखि २१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

यस्तै, मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क) नियमित शुल्कतर्फ २४ रुपैयाँ र एकल शुल्कतर्फ ५४ रुपैयाँ, अग्रिम भुक्तानी योजनामा ४१ देखि ४५ रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रुपैया, सामूहिक सावधिकमा १९ रुपैयाँ, सावधिक तथा आजीवनमा ३० देखि ७५ रुपैयाँ, सीमित भुक्तानी सावधिकमा ४० देखि ६५ रुपैयाँ र बाल सावाधिक योजनामा १९ देखि ३४ रुपैयाँ बोनस दर कायम गरिएको कम्पनीले जनाएको छ ।

सानिमा रिलायन्स लाइफको बोनस दर हेर्न यहाँ क्लिक गर्नुहोस्

सिटिजन लाइफको न्युनतम २५ रुपैयाँदेखि ८० रुपैयाँसम्म

सिटिजन लाइफ इन्स्योरेन्सले पनि न्युनतम २५ रुपैयाँदेखि ८० रुपैयाँ दिने भएको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा न्युनतम ४४ रुपैयाँदेखि ५५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा २५ देखि २८ रुपैयाँ, सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा ३९ देखि ७५ रुपैयाँ दिने भएको छ ।

यता, सावधिक (रेगुलर) जीवन बीमालेखमा ३८ देखि ७३ रुपैयाँ, बाल भविष्य योजनामा ४० देखि ६७ रुपैयाँ, सिटिजन जीवन सारथी योजनामा ३८ देखि ८० रुपैयाँ बोनस दर तोकेको छ ।

bonus-rate-of-citizen-life

एलआइसी नेपालको बोनस दर ४१ देखि ६५ रुपैयाँसम्म

एलआइसी नेपालले न्युनतम ४१ देखि ६५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । कम्पनीले जीवन विद्या, जीवन साथी र जीवन श्री बीमा योजना अन्तर्गत क्रमशः ५१, ५२ र ५३ रुपैयाँ बोनस दर तोकेको छ ।

सावधिक बीमा योजना अन्तर्गत न्युनतम ५१ देखि ६५ रुपैयाँ, जीवन आनन्द अन्तर्गत ५० देखि ६० रुपैयाँ, बाल सावधिकमा ५१ देखि ६४ रुपैयाँ, धन वृष्टिमा ५५ देखि ५७ रुपैयाँ धन फिर्तामा ५६ देखि ६० रुपैयाँ, बाल ममता र बाल स्नेहमा ५५ देखि ५७ रुपैयाँ, जीवन तरंग र न्यू जीवन तरंगमा ५० देखि ५५ रुपैयाँ बोनस दर कायम गरेको छ ।

यता, जीवन बचत योजनामा भने ४१ देखि ६३ रुपैयाँ, जीवन लाभमा ५१ देािख ५५, बाल समृद्धिमा ५५ र ५६ रुपैयाँ र लघु सावधिक बीमा योजनामा ४१ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

bonus-rate-of-lic-nepal

रिलायवल नेपालको २० देखि ७५ रुपैयाँसम्म

रिलायवल नेपाल लाइफले पनि विभिन्न बीमालेखमा न्युनतम २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेखमा ५० देखि ७५ रुपैयाँ, सुलभ जीवन र सुलभ बाल जीवन बीमालेख प्लस योजनामा २५ देखि ४१ रुपैयाँ, सहिजो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) मा ३५ र २५ रुपैयाँ, लुघ सावधिक बीमालेख (बीमा समिति) र रिलायवल लघु सावधिक बीमालेखमा ३१ देखि ३५ रुपैयाँ तोकेको छ ।

यस्तै, सावधिक तथा आजीवन बीमा योजनामा ३० देखि ५० रुपैयाँ, रिलायवल अग्रिम भुक्तानी सावधिक योजनामा ५० र ५५ रुपैयाँ, रिलायवल समुन्नती जीवन बीमा योजनामा २० देखि २३ रुपैयाँ र रिलायवल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) ६० देखि ६५ रुपैयाँ बोनस दर कायम गरेको छ ।

bonus-rate-of-reliable-nepal-life

प्रभू महालक्ष्मीको २३ देखि ७३ रुपैयाँ

प्रभू महालक्ष्मी लाइफले पनि न्युनतम २३ देखि ७३ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । कम्पनीले विभिन्न बीमा योजनामा सो बराबरको बोनस दर कायम गरेको हो ।

कम्पनीले सावधिक बीमा योजनामा न्युनतम ३३ देखि ७० रुपैयाँ, सावधिक तथा आजीवनमा ३८ देखि ७३ रुपैयाँ, अग्रिम भुक्तानी सावधिकमा ३५ देखि ५१ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक २३ देखि २७ रुपैयाँ बोनस रेट तोकेको छ ।

यस्तै, महालक्ष्मी सावधिक जीवन बीमामा ४६ देखि ५२ रुपैयाँ, महालक्ष्मी सरल जीवन बीमामा ५२ देखि ५५ रुपैयाँ, वार्षिक धनफिर्ता बीमामा ३५ रुपैयाँ, जनधान्य बीमा ४५ रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमामा ३८ रुपैयाँ बोनस दर कायम गरेको छ ।

मेट लाइफले ४५ देखि ७५ रुपैयाँसम्म

मेट लाइफ इन्स्योरेन्सले पनि विभिन्न बीमालेखमा न्युनतम ४५देखि ७५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
कम्पनीले अग्रिम भुक्तानी योजना (थ्री पेमेन्ट प्लान) मा ४५ देखि ६५ रुपैयाँ कायम गरेको छ ।

अग्रिम भुक्तानी योजना (मिडटर्म ग्रोथ प्लान) मा ४५ देखि ५५ रुपैयाँ, सावधिक जीवन बीमा (इन्डोमेन्ट प्लान) मा ५५ देखि ७५ रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

शिक्षा संरक्षण बीमा (एजुकेसन प्रोटेसन प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

मेट लाइफ नेपालको बोनस दर हेर्न यहाँ क्लिक गर्नुहोस्


प्रतिक्रिया दिनुहोस्