अभिकर्ता सशक्तिकरणमा प्रभु महालक्ष्मीको निरन्तर पहल, भव्य बन्यो ३ दिने ‘डिलाइटफूल सौराह’

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
चितवनको सौराहमा कम्पनीले बैशाख १८, १९ र २० गते गरी ३ दिनसम्म विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष प्रसाईले सम्बोधन गरेका थिए ।
कम्पनीमा आवद्ध ३०० जना भन्दा बढि अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरी हर्ष उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेष्डर मनोज गजुरेलको प्रस्तुती रहेको थियो । त्यसैगरी लोकप्रीय गायक सुगम पोखरेल एवं द बाजागाज टिमको लाइभ सांगीतिक प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो ।
प्रभु महालक्ष्मीले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।