ऋण नलिइ ५ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि असम्भव छैनः डा. युवराज खतिवडा « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

ऋण नलिइ ५ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि असम्भव छैनः डा. युवराज खतिवडा



काठमाडौं । प्रधानमन्त्रीका विशेष आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले हामीले चाहेको ७ प्रतिशको आर्थिक वृद्धि लिने हो भने स्वतः आन्तरिक ऋणको भार बढ्ने बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित प्रि बजेट छलफल कार्यक्रममा डा. खविडाले ऋण नलिइ ५ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि गर्न सम्भव नरहेको बताए ।

राजस्वले चालु खर्च धान्न पुग्दैन भने ऋण पनि नलिने र विकास पनि छिटो चाहिने यस्तो कसरी सम्भव हुन्छ भन्दै उनले प्रश्न गरेका छन् । ‘ऋणको बोझ किन बढ्यो भन्ने प्रश्न गर्ने हो भने ऋण पनि नलिऔं र पूर्वाधार विकास पनि नगरौं’ उनले भने ।

वैदेशिक ऋणको सन्दर्भमा पनि अब हामीले मोर थिमेटिक एरियातर्फ जानु पर्ने उनको भनाइ छ । सरकारले ऋण लिने विकासका परियोजनामा खर्च गर्ने र त्यसको जवाफदेहिता पनि राख्नु पर्ने उनले बताए ।

अहिलेसम्म हामी ऋण लिनका लागि क्षेत्र मात्र तोक्थ्यो भने अब परियोजना तोकेर नै आन्तरिक ऋण लिनु पर्ने उनको भनाइ छ । सरकारले ल्याएको नयाँ विदेशि सहायता नीति पनि यस्ता कुराहरु उल्लेख गरिएको उनले बताए ।

‘पूँजी निमार्णमा असाध्यै धेरै चाहिने तत्व भनेको ऋण हो । हाम्रो सम्पूर्ण उत्पादनमा पूँजी प्रोसाहित भइरहेको छ। एआईले काम गर्ने, कृषि पूँजी प्रोत्साहन भइरहेको छ’ उनले भने ‘त्यहाँ चाहिँ हामी यान्त्रिकरणको कुरा गर्ने, इन्डष्ट्रिमा एआईको प्रयोगको कुरा गर्ने, सेवा क्षेत्रमा फेसलेस सर्भिसको कुरा गर्ने, हामीलाई रोजगारी पनि चाहिने भने अर्को तिर पूँजी उत्पादन अनुपात घटोस पनि भन्छौं।’

नघट्ने आउटपुट रेसियालाई जबरजस्ती घटाउन खोज्दा आधुमिकिरणमा जान नसकिने उनको तर्क छ । उनले भने, ‘पूँजी र श्रमको उत्पादकत्व वृद्धि राम्रो पक्ष हो तर नयाँ लगानीको आकार नबढाइ विकास सम्भव छैन । लगानीको आकार र उत्पादकत्व दुबै बढाएर लग्यौं भने मात्र अर्थतन्त्रले पनि गति लिने हो।’


प्रतिक्रिया दिनुहोस्